टोपबहादुर रायमाझीको व्यंग्य: प्रचण्ड ३३ वर्ष आफैँ टीका लगाउँदै अध्यक्ष बने

उनले भने, ‘हामीचाहिँ के–को लागि बस्ने, राम्रो भए मान्ने, नभएपछि मान्नु जरुरी छ र ?’

नेकपा कास्कीले आयोजना गरेको ओली पक्षीय कार्यकर्ताको भेलामा विरासत बिर्सेको आरोपबारे उनले शुक्रबार खुलरै कुरा राखे । प्रचण्ड नेतृत्वको पार्टीमा बस्ने कुनै आधार नभएकाले आफू अलग्गिएको बताए । ‘मोहन वैद्य गुरु, बाबुराम भट्टराईजस्ता विद्वान र विप्लवजस्ता क्रान्तिकारीले छोडे,’ उनले भने, ‘हामीचाहिँ के–को लागि बस्ने, राम्रो भए मान्ने, नभएपछि मान्नु जरुरी छ र ?’

उनले आफूले नभई प्रचण्ड–नेपालले विरासत बिर्सिएको जिकिर गरे । ‘प्रचण्ड र माधव नेपालकै प्रस्तावमा केपी ओलीलाई संसदीय दलको नेता र प्रधानमन्त्री बनाइयो,’ उनले भने, ‘सर्वसम्मत बनाएको नेतालाई मान्दा लिगेसी छोडेको हुन्छ ? उहाँहरूले मान्दा केही नहुने अनि हामीले मान्दाचाहिँ लिगेसी छोडेको हुने !’ प्रचण्ड–नेपाल मिलेर विनाकारण ओलीलाई हटाउन खोजेको उनले आरोप लगाए ।

‘बाटोघाटो, कोठा, जंगलमा भेटिने सबैलाई टीका लगाइदिने । जसले बनायो, उसलाई पनि थाहा छैन कतिलाई टीका लगाइयो,’ उनले माओवादी अराजक भएको स्मरण गरे । ३३ वर्षसम्म आफैँ टीका लगाउँदै अध्यक्ष बन्नेले महाधिवेशन चाहेको भन्दै उनले प्रचण्डमाथि व्यंग्य गरे ।

लामो समय माओवादीमा बिताएका उनले माओवादी अराजक र एमाले विधिमा चलेको पार्टी भएको जिकिर गरे । मनलाग्दी गरेर ८ हजार केन्द्रीय सदस्य बनाइएकोमा आफूले पछि नियन्त्रण गरेर ४ हजार बनाएको मन्त्री रायमाझीले सुनाए । ‘बाटो-घाटो, कोठा, जंगलमा भेटिने सबैलाई टीका लगाइदिने । जसले बनायो, उसलाई पनि थाहा छैन कतिलाई टीका लगाइयो,’ उनले माओवादी अराजक भएको स्मरण गरे ।

३३ वर्षसम्म आफैँ टीका लगाउँदै अध्यक्ष बन्नेले महाधिवेशन चाहेको भन्दै उनले प्रचण्डमाथि व्यंग्य गरे । प्रचण्ड–नेपाललाई लक्षित गर्दै मन्त्री रायमाझीले पटकपटक प्रधानमन्त्री र पार्टी अध्यक्ष हुँदा गरेको काम सार्वजनिक गर्न चुनौती दिए ।

‘लिपुलेक, लिम्पियाधुरा, कालापानीलाई आफ्नो नक्सामा पार्नु गल्ती हो ? अपराध हो ?, त्यसैले उहाँलाई निकाल्ने ?,’ मन्त्री रायमाझीले चुनौती दिए’, ‘जुन साथीहरू पटक-पटक प्रधानमन्त्री र पार्टी अध्यक्ष हुनुभएको छ । उहाँहरू प्रधानमन्त्री र अध्यक्ष हुँदा गरेका २/४ वटा काम बताइदिए हुन्थ्यो नि ।’

आफूले नै बनाएको प्रधामन्त्री र अध्यक्षविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन हुँदैन भनेर प्रचण्डलाई सम्झाए पनि नमानेको उनले सुनाए । प्रचण्डमा जनयुद्धको धङ्धङ्गी देखिएको मन्त्री रायमाझीले सुनाए । ‘केपीजीलाई अध्यक्ष र प्रधानमन्त्रीबाट निकालेर सडकमा लैजान खोज्नुभएको थियो, पछि उहाँहरू आफैँ सडकमा जानुभयो,’ उनले हाँस्दै भने, ‘यो जनयुद्ध र जनआन्दोलनको धङ्धङ्गी हुँदो रहेछ कि, बेलामौका सडकमा जाने ।’

पार्टीभित्र नेताहरूमा अध्यक्ष र प्रधामन्त्री बन्ने महत्त्वाकांक्षा जागेकाले अहिलेको अवस्था आएको मन्त्री रायमाझीले बताए । उनले अन्तर्विरोध विकासको नियम भएको बताए । पार्टीभित्र हुने अन्तर्विरोधले पार्टीमा विधि र विकास सिकाउने भए पनि व्यक्तिगत स्वार्थको अन्तर्विरोधले खतरनाक स्थिति सिर्जना भएको उनले सुनाए ।

‘लिपुलेक, लिम्पियाधुरा, कालापानीलाई आफ्नो नक्सामा पार्नु गल्ती हो , अपराध हो, त्यसैले उहाँलाई निकाल्ने ?,’ मन्त्री रायमाझीले चुनौती दिए’, ‘जुन साथीहरू पटक पटक प्रधानमन्त्री र पार्टी अध्यक्ष हुनुभएको छ । उहाँहरू प्रधानमन्त्री र अध्यक्ष हुँदा गरेका २/४ वटा काम बताइदिए हुन्थ्यो नि ।’

नेकपा स्थायी समिति सदस्य तथा गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी महाधिवेशनबाट पूर्वअध्यक्ष तथा पूर्वप्रधानमन्त्रीलाई पार्टीको जिम्मेवारी नदिने वैधानिक व्यवस्था गर्नुपर्ने प्रस्ताव गरे । उनले पूर्वअध्यक्ष तथा पूर्वप्रधानमन्त्रीलाई कमिटीमा नभई क्लब खोलेर राख्नपर्ने उल्लेख गरे ।

नेपालको चुच्चे नक्सा जारी गरेपछि प्रधानमन्त्री ओलीलाई हटाउने दिन गन्ती सुरु भएको दाबी गर्दै मुख्यमन्त्री गुरुङले त्यस अभियानलाई पार्टी भित्रका ‘श्री ३ महाराजहरू’ (पूर्वपार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री) ले साथ दिएको आरोप लगाए । ‘प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने योजना पूर्वप्रधानमन्त्री क्लबमार्फत छिरेको हो,’ मुख्यमन्त्री गुरुङले भने, ‘पार्टीभित्रका महाराजालाई फाल्न सकिएको छैन । उनीहरूलाई सदाका लागि परास्त गर्नुपर्छ ।’

उनले नेकपालाई श्री ३ महाराजबाट मुक्त गराएर जनताको पार्टी बनाउने घोषणा गरे । मुख्यमन्त्री गुरुङले आगामी चैतमा हुने महाधिवेशन कुर्न नसक्ने प्रचण्ड, माधव, झलनाथको शैली तथा प्रवृत्तिको विरुद्धमा कार्यकर्तालाई प्रशिक्षित गर्ने उल्लेख गरे । साविक नेकपा माओवादी केन्द्रबाट प्रचण्डले बाबुरामलाई आरोपपत्र लगाएर किनारा लगाएको स्मरण गर्दै उनले त्यही संस्कारको अन्तिम रूप ओलीमाथि देखिएको आरोप लगाए ।

प्रधानमन्त्री ओलीको राजनीतिक भविष्य सिध्याउने षड्यन्त्रमा पूर्वप्रधानमन्त्रीहरू लागेको दाबी गर्दै मुख्यमन्त्री गुरुङले जस्केलाबाट छापामार शैलीमा गरेका कामले पार्टी एकता जोगाउन नसकेको बताए । संघीय सरकारलाई काम गर्न नदिएपछि संसद्‍मा विश्वासको मत लिने वा जनतामा जाने व्यवस्था भएको उनले बताए ।

‘संघीय शासन व्यवस्था जोगाउन प्रधानमन्त्री ओलीले त्यस्तो कदम चाल्नुभयो,’ उनले भने । संसद्‍मा अविश्वासका प्रस्ताव दर्ता भएपछि छल्न नपाइने उल्लेख गर्दै उनले अविश्वास प्रस्ताव दर्ता हुनुभन्दा अगाडि संसद विघटन भएकाले पुनर्स्थापनाको सम्भावना नभएको दाबी गरे ।

स्थायी समिति सदस्य खगराज अधिकारीले नेपाली कांग्रेसका सांसद गगन थापामाथि कटाक्ष गरे । ‘नेपाली कांग्रेसका एक जना सांसदले सक्नुहुन्छ भने मसँग काठमाडौंमा चुनाव लड्नुस् भनेर राष्ट्रपतिलाई भन्नुभएछ,’ उनले भने, ‘उहाँ होइन, उहाँका सिनियर नेता कृष्णप्रसाद भट्टराईलाई हराएर विद्या भण्डारी राष्ट्रपति हुनुहुन्छ ।’ उनले छापामार शैलीमा अविश्वासको प्रस्ताव ल्याइएको बताए ।

कांग्रेस नेता थापाले २९ मंसिरमा धनगढीमा आयोजित कार्यक्रममा राष्ट्रपतिलाई आफूसँग काठमाडौंमा आएर चुनाव लड्न चुनौती दिएका थिए । ‘यदि तपाईं श्री ५ बडामहारानी बन्न चाहनुभएको हो भने भन्न चाहन्छु, राष्ट्रपति महोदय, आँखा नचम्काइबक्स्योस्, हात नलम्क्याइबक्स्योस्,’ थापाले भनेका थिए, ‘हिम्मत छ भने काठमाडौंमा चुनाव लड्न आइबक्स्योस् ।’-शिलापत्रमा अनुप पौडेलले लेखेका छन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close