त्रिवेणीको वार्षिक समिक्षा तथा योजना तर्जुमा बैठक सम्पन्न

सबैको सन्देश /शिव वेल्वासे ।त्रिवेणी वचत तथा ऋण सहकारी संस्था लिमिटेड सन्धिखर्क अर्घाखाँचीको वार्षिक समिक्षा तथा योजना तर्जुमा सम्वन्धि विस्तारित बैठक सन्धिखर्कमा सम्पन्न भएको छ ।संयुक्त वैठकबाट आर्थिक वर्ष २०७६/२०७७ को समिक्षा सहित आर्थिक वर्ष को योजना सम्वन्धि विषयमा छलफल गरिएको हो ।
बैठकमा संस्थाका संचालक समिति, लेखा समिति सहित सबै उपसमिति सदस्यहरूको उपस्थित रहेको थियो ।
मिनी साधारण सभाको रूपमा लिइएको वैठकमा लेखा समिति संयोजक शिव वेल्वासेले संस्थाको आम्दानी खर्च सहितको प्रतिवेदन, व्यवस्थापक तुल्सीराम खनालले संस्थागत जानकारी सहित विभिन्न कोषहरूको विस्तृतिकरण, सचिव कमल प्रसाद घिमिरेले भावि कार्ययोजना सहितको प्रतिवेदन, कोषाध्यक्ष मोहनराज भूसालले अनुमानित वार्षिक वजेट प्रतिवेदन र अध्यक्ष उत्तममणी मिश्रले बैठक एजेण्डाका विषयवस्तु माथि उठेका प्रश्नहरूको समधानमुलक उत्तर सहितको मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रम उत्तममणी मिश्रको अध्यक्षता,उपाध्यक्ष यमकला बन्जाडेको स्वागत र कमल प्रसाद घिमिरेको संचालनमा सम्पन्न भएको हो ।
कमेन्ट गर्नुहोस !