नबिन केसीको संयोजकत्वमा अनेरास्ववियू कमिटी गठन

अनेरास्ववियू अर्घाखाँचीको सम्मेलन आयोजक कमिटी गठन भएको छ । आज बसेको जिल्ला भेलाले नबिन केसीको संयोजकत्वमा ७१ सदस्य रहेको जिल्ला सम्मेलन आयोजक कमिटी गठन गरेको छ । भेलाको उद्धघाटन गर्दै नेकपा प्रदेश कमिटीका सदस्यत तोजबहादुर रायमाझी बिधानले तीन बर्ष देखी अनेरास्ववियूको कुनै पनि गतिबिधी नभएको सन्र्धभमा जिल्ला सम्मेलन आयोजक कमिटी गठन गरेर अधिबेशन गर्ने कार्य अगाडि बढाउने अभियान सञ्चालन गरेकोमा अनेरास्ववियू लाई धन्यबाद दिनु भयो । रायमाझीले अर्घाखाँची जिल्लामा एकताको सन्देश दिने गरि जिल्लाबाट निर्बाचित सासंदहरु एकै स्थानमा भएको र केपि ओलीले नेतृत्व गरेको नेकपानै संस्थापन भएको दाबी गर्नु भयो । यस्तै अनेरास्ववियूका केन्द्रिय सचिबालय सदस्य प्रदिप नेपालीले देशलाई सम्बृद्धिको यात्रामा अगाडि बढाउने काममा आफनै पार्टिका नेताले असहयोग गरेपछि संसद बिघटन भएको बताउनु भयो । भेलामा अनेरास्ववियूका केन्द्रिय सदस्य कृष्ण पाण्डेको स्वागत मन्तव्य र केन्द्रिय सदस्य नारायण भुसालको सञ्चालनमा सम्पन्न भएको हो ।
कमेन्ट गर्नुहोस !