अमेरिकामा बाइडेन र कमला ह्यारिसको शपथ ग्रहण सम्पन्‍न

वासिंटन: जो बाइडेनले जनवरी २०, बुधबार ४६औं अमेरिकी राष्ट्रपतिको रुपमा शपथ ग्रहण गरेका छन् । उच्च सुरक्षा व्यवस्थासहित क्यापिटल हिलमा उनले शपथ लिएका हुन् ।सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्ट्सबाट विशेष कार्यक्रमसहित उनले शपथ लिए । उपराष्ट्रपतिको रुपमा भने कमला ह्यारिसले शपथ लिएकी हुन् ।

समारोहमा लेडी गागा र जेनिफर लोपेजको विशेष सांगीतिक कार्यक्रम थियो । यससँगै कमला ह्यारिस भने पहिलो दक्षिण एसियाली, पहिलो महिला र अस्वेत उपराष्ट्रपतिको रुपमा चुनिएकी हुन् ।

बुधबार राति सपथ लिनुअघि बाइडेनले मन्तब्य दिने क्रममा भावुक बनेका थिए । शपथ ग्रहण समारोहमा राष्ट्रिय गानसँगै सम्मानमा सलामी दिइएको थियो ।

अमेरिकामा गत नोभेम्बर ३ मा सुरु भएको निर्वाचनको परिणाम अनुसार डेमोक्रयाट्सका जो बाइडेन निर्वाचित भएका थिए । तर ट्रम्पले परिणाम अस्वीकार गर्दै मुद्दा दायर गरेका थिए । तर मुद्दा पनि हारेपछि आफ्ना समर्थकमाझ विवादित र उत्तेजित अभिव्यक्ति दिएपछि राजनीतिक संकट निम्तिने खतरा देखिएको थियो ।

ट्रम्पका समर्थकहरुको भीडले जनवरी ६ मा क्यापिटल हिलमा छिरेर हिंसा मच्चाएपछि थप अन्योल सिर्जना भएको थियो । ट्रम्पले पद छाड्न तयार नभएपछि उनीमाथि महाभियोग समेत लगाइएको छ । ट्रम्पले भने आफूहरुको संघर्ष र लडाइँ जारी रहने प्रतिक्रिया दिँदै बुधबार नै फ्लोरिडा पुगेका छन् ।एजेन्सी

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close