बन्दले अर्घाखाँचीको जनजीवन प्रभावित

सागर महत /अर्घाखाँची ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समुहले गरेको बन्दका कारण अर्घाखाँचीको जनजीवन पुर्ण रुपमा प्रभावित भएको छ ।
जिल्लाबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधन बिहानै देखि चलेका छैनन् भने शैक्षिक संस्था, कलकारखाना पनि बन्द छन् ।
यता जिल्लाको सदरमुकाम सन्धिखर्क लगायतका बजार क्षेत्र र ग्रामीण भेगका बजारहरु समेत विहानैदेखि पुर्ण रुपमा बन्द रहेका छन् । प्रचण्ड–नेपाल पक्षका संघर्ष समितिका नेता तथा कार्यकर्ताहरु सदरमुकाम सन्धिखर्क चुत्रावेसिमा खोलिएका पसल, सवारि साधन बन्द गराउँदै गल्ली गल्ली हिडेका छन् ।
कमेन्ट गर्नुहोस !