उद्यमीहरु लाई लेवलिङ्ग र गुणस्तर सम्बन्धी तालिम शितगंगामा सम्पन्न

सागर महत /अर्घाखाँची ।
वस्तुहरुको गुणस्तर लेवलिङ्ग उत्पादनका मुख्य श्रोत भएकाले त्यसको सोहि सदुपयोग गर्न सबै भन्दा पहिले ज्ञानको आवश्कता हुने पर्ने शितगंगा नगरपालिकाका नगरप्रमुख सुर्य प्रसाद अधिकारीको बताउनुभएको छ ।पछिल्लो समय स्थानीय स्तरमा विभिन्न प्रकारका उद्यमीहरुले आफ्ना विभीन्न बस्तु उत्पादन गरे पनि त्यस लाई कसरी उपभोक्ता सम्म पुराउदा के कस्ता मापदण्ड पुरा गर्नु प्रछ जस्ता ज्ञान नभएको बताउनुभएको छ ।

No description available.

घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीको आयोजना मा जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर ४ मा घरेलु तथा साना उद्यमीहरुद्धारा उत्पादन भएका बस्तुहरुको लेवलिङ्ग तथा गुणस्तर सम्बन्धी १ दिने प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै अधिकारीले यस्तो बताउनुभएको हो ।अर्के तर्फ उद्यमीले उपभोक्ता सँग प्रत्यक्ष जोडिने बस्तु उत्पाद गर्ने भएकाले गुणस्तर हिन बस्तु उत्पादन र बिक्री गर्न नहुने पर्नेमा जोड दिनुभयो।यस्तै आगामी दिनमा नगरपालिकाले बजार अनुगमन र उद्यमीमुखी कार्यक्रममा घरेलु उद्योग सँग समन्वय गरेर काम गर्ने समेत बताउनुभएको छ ।

No description available. घरेलु तथा साना उद्योग कार्यालय का प्रमुख केशव सुनारले लघु घरेलु तथा साना उद्यमीहले उत्पादन गरेका गुणस्तर र लेवलिङ्गको बारेमा प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षण कार्यक्रममा सुनारले भन्नुभयो बजार अनुगमनमा जिल्ला प्रशासन कार्यालय ,घरेलु तथा साना उद्योग कार्यालय र स्थानीय सरकार लाई पनि बजार अनुगमन गर्ने अधिकार भएकाले कुनै पनि बस्तु उत्पादन गरेका बस्तु गुणस्तरहिन भएमा सम्बन्धीत निकायमा गएर उजुरी हाल्न पनि सकिने उहाँले बताउनुभयो ।

No description available.

उद्यमीको लागि उत्पादनको आधारमा अनुदान,सहुलित दरमा ऋण प्रदान, प्रवृधी हस्तान्तरण जस्ता कार्यक्रम रहेकाले मापदण्ड पुरा गरेका उद्यमी लाई सम्पर्क गर्न समेत सुनारले आग्रह गर्नुभयो ।निकै उत्साहजन उद्यमीहरु कार्यक्रममा सहभामी भएको मा  धन्यवाद समेत दिनुभएको थियो ।

 

No description available.

कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष दामोदर अधिकारी ,उद्योग बाणिज्य संघ शितगंगा अध्यक्ष चिन्तराज अधिकारी, उपाध्यक्ष अर्जुन बुढा मगर ,सचिव लक्ष्मण पन्थी लगायतले मन्तव्य राखेको कार्यक्रम  कर्मचारी लक्ष्मी प्रसाद दाहालको संचानमा सम्पन्न भएको हो ।

No description available.

No description available.

No description available.

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close