अर्घाखाँची र गुल्मीमा एमाले पार्टी कार्यालय स्थापना

सागर महत/ अर्घाखाँची ।
अर्घाखाँची ।सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूँताइदिएपछि अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा रहेको नेकपा लेखेको बोर्ड हटाएर नेकपा एमालेको बोर्ड हर्षाेल्लासका साथ नाचगान सहित बोर्ड राखीएको छ।
मदन आश्रित स्मृति भबनमा रहेको पार्टी कार्यालयलाई साबिककै नेकपा एमाले कार्यालयको रुपमा पुस्थापना गरिएको कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कमिटि अध्यक्ष तथा केन्द्रीय सदस्य चेतनारायण आचार्यले पूर्व माओबादी नेता टोपबहादुर रायमाझीको खुलेर प्रशंसा गर्दै उहाँलाइ शिर्षस्थ नेता मान्न तयार रहेको बताउनुभयो ।

May be an image of 6 people, people standing and indoor

नेता रायमाझी र चन्द्रबहादुर खड्का पद छोड्न तयार रहेको तर ओलीको नेतृत्व छोड्न नसक्ने खुलेर बताइसकेको भन्दै आचार्यले कसैलाइ भ्रममा नपर्न अनुरोध गर्नुभयो ।

May be an image of 3 people and people standing

यस्तै गुल्मीमा पनि नेकपा लेखेको बोर्ड हटाएर नेकपा एमालेको बोर्ड हर्षाेल्लासका सहित बोर्ड राखीएको छ । सदरमुकाम तम्घास स्थित मदन आश्रीत भवनमा पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थितीमा बोर्ड राखिएको अनेरास्वबियूका केन्द्रिय सचिवालय सदस्य काशीराम पाण्डेयले जानकारी दिनुभयो ।

गुल्मीमा नेकपा एमालेको बोर्ड राखियाे

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close