शारिरिक अपाङ्गता भएका बालबालिकाको लागि सन्धिखर्कमा घुम्ती शिविर सम्पन्न

सागर महत /अर्घाखाँची ।
सक्षम परियोजना अर्घाखाँची शाखको आयोजनामा एक दिने घुम्ती शिविर जिल्ला अस्पताल सन्धिखर्कमा सम्पन्न भएको छ ।शिविरमा १८ वर्ष भन्दा मुनिका शारिरिक अपाङ्गता भएका ६० जना बालबालिका लाई विशेषज्ञ डक्टर बाट सेवा प्रदान गरिएको परियोजनाका सुपरभाइजर लेखनाथ आचार्यले जानकारी दिनुभयो ।जसमा फिजिसियन सेवा, औषधी वितरण,परामर्श सेवा दिएको शिविरमा १२ जना लाई सहायक सामाग्री हस्तान्तरण ,२६ जनाको लागि सहायक सामाग्री वितरण गर्नको लागि नाप जाँच ,१२ जनाको लागि शल्यक्रियाको लागि सिफारिस गरिएको परियोजना प्रमुख आचार्यले बताउनुभयो ।

कार्यक्रम विकलाङ्ग मित्र समुह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र सक्षम परियोजना अर्घाखाँचीको आयोजना, सिबिएमको साझेदारी, अपाङ्गता क्षेत्रमा स्थानीयतह क्षेत्रमा काम गर्ने संस्थाको समन्वय, जिल्ला अस्पतालको सहकार्यमा एक दिने घुम्ती शिविर सम्पन्न भएको हो ।

May be an image of 5 people and people standing

शिविरमा सिबिएमका सम्झना शाह, किशोर शर्माले अनुगमन गर्नुभएको थियो ।कार्यक्रममा परियोजना अर्घाखाँची शाखा सहायक सुमन ढुङ्गगाना ,पुनःस्थापन सहायक रक्षा पाण्डे ,कर्मचारी नारायण खनाल , सृजनशिल अपाङ्गता सरोकार केन्दका अध्यक्ष फरशुराम पाण्डे लगायतको सहभागीतामा शिविर सम्पन्न भएको हो ।

 

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close