शब्द तथा स्वरमा चौहानको दोस्रो तीज गीत बजारमा

शक्ति महत/सबैको सन्देश ।
यो वर्ष पनि बजारमा धेरै तीज गीतहरु आएका छन ।तर पहिलाको मौलिकपनका लय शब्द भएका गीत कम मात्रमा आएको पाइन्छ। तर यहि फाँटको संमरक्षण मा लागेका छन । अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नं ५ मा जन्म भएका संचारकर्मी तथा गायक अभिनव चौहानले गित संगितको स्वाद श्रोता दर्शकमा दिनको लागि रात दिन लागि परेका छन ।आमाले किन्दिएको पछ्यौरी’बाट आफ्नो लय शब्द स्वर अभिनय बाट आफ्नो पाइला चालेका चौहान केही वर्ष अघि संचार क्षेत्रमा पनि जोडिएका थिए ।सोही क्रममा आफ्नो रुची लाई पनि निरन्तर दिएका थिए । उनले सोही क्रममा आधुनिक गीतमा समेत मोडलिड्ड गरेका हुन । पछिल्लो समय काठमाण्डौं रही गीतसंगीतको क्षेत्रमा क्रियाशिल रहदैं आएका छन् ।यसै क्रममा केहि दिन अगाडि अभिनव चौहान र नीरु आचार्यको आवाज रहेको तीज गीत आमाले किन्दिएको पछ्यौरी’ बजारमा आएको थियो ।सोहि गित बाट दर्शक श्रोताको मायाँ बढेपछि कलाकारीता क्षेत्रमा रुची बढेको छ । भने गित संगित लाई निरन्तर दिनको लागि चौहान पुन श्रीमान श्रीमतीको मायालाई देखाउनुको साथै माइतका आफ्नो आमाबाबुको माया पनि अथाह हुने कुरालाई उल्लेख गरेको तीज गीत आमाले पकाएको दर नामक तीज गित बजारमा ल्याएको बताईएको छ । मंगलम् रेकर्डिड्डमा रेकर्ड भएको गीतमा श्रीमान श्रीमतीको भुमिकामा सीता नागरी र धर्मेन्द्र धामी रहेका छन । भने बुबाको भुमिकामा अभिनवको स्वरमा सुन्न सकिने छ ।यसैबिच गीतबाट चर्चा बटुल्न भन्दा पनि मौलिक तीजलाई बचाउन यो गीत बजारमा आएको शब्द तथा स्वर दिएका चौहानको भनाइ छ ।
सुन्नुहोस गित
कमेन्ट गर्नुहोस !