भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी घाइते

कोलकाता — भारतीय राज्य पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी घाइते भएकी छन् । चुनावी मनोनयनका लागि बिहीबार नन्दीग्राम पुगेकी बनर्जीले आफूलाई ४/५ जनाले धकालेपछि लडेर घाइते भएको आरोप लगाएकी छन् । घटनापछि बनर्जीको खुट्टामा चोट लागेको छ । प्रहरीले घटनाबारे छानबिन सुरु गरिसकेको जनाएको छ ।

बनर्जी र उनको पार्टीले भौतिक आक्रमण भएको दाबी गरे पनि भाजपालगायत दलले यसलाई ‘बनर्जीको प्रोपोगान्डा’ भनेका छन् । घाइते भएपछि स्थानीय अस्पतालमा उपचार गराइरहेकी बनर्जीले एक भिडियो सन्देश जारी गर्दै हात र खुट्टामा चोट लागेको र छातीमा दुखाई महसुस भएको जनाएकी छन् ।

सन्देशमा उनले आफ्ना समर्थकहरूलाई ‘शान्ति कायम राख्न’ आग्रह गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । उनले थप उपचारका लागि कोलकाता जाने पनि उल्लेख गरेकी छन् ।एन्जेसी

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close