कांग्रेसमा अब सभापति वा उपसभापति मध्ये एक पदमा महिला अनिवार्य हुनुपर्ने माग
काठमाण्डौं ।नेपाली कांग्रेस केन्द्रीय महिला विभागले पार्टीको वडादेखि केन्द्रसम्मका सबै तहको नेतृत्वमा सभापति वा उपसभापति मध्ये एक पदमा महिला अनिवार्य हुनुपर्ने माग गरेको छ ।पार्टीमा वडादेखि केन्द्रसम्मको सबै तहका समिति एवं संसदीय समितिमा एक तिहाई महिला पदाधिकारी अनिवार्य हुनुपर्ने माग गरेको छ ।
कांग्रेस केन्द्रीय महिला विभागले केन्द्रीय कार्यालय सानेपामा फागुन २९ र चैत १ गते आयोजना गरेको बागमती प्रदेशस्तरीय महिला भेला तथा प्रशिक्षण कार्यक्रमबाट ५ बुँदे घोषणापत्र जारी गर्दै यस्तो माग गरेको हो ।सहानुभूतिको ठाँउमा मात्र नभई हिस्सेदारीको पनि समय भएकाले हरेक ठाँउमा महिला विभागले हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने निर्णय भएको विभागकी सचिव लक्ष्मी खतिवडाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कमेन्ट गर्नुहोस !