आज राष्ट्रपतिको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाण्डौं ।राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार परिवर्तनलाई लिएर राजनीतिक दलहरूबीच दौडधुप जारी रहेकै वेला सर्वदलीय बैठक बोलाउनुभएको छ ।जसमा संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई छलफलका लागि बोलाउनुभएको हो ।पछिल्लो राजनीतिक परिस्थितबारे आह्वान गरिएको छलफल अपराह्न ४ बजे शीतल निवासमा हुने बताएको छ ।

संसद्मा रहेका सबै दलका प्रमुख नेताहरूसहित पूर्वप्रधानमन्त्रीहरूलाई बैठकमा बोलाइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री केपी ओलीको सिफारिसमा गत ५ पुसमा प्रतिनिधिसभा विघटनलाई सदर गरेपछि राष्ट्रपति भण्डारीको व्यापक आलोचना भएको थियो । उक्त विघटनलाई असंवैधानिक भन्दै सर्वोच्च अदालतले निर्णयलाई बदर गरेर संसद् पुनस्र्थापना गरेपछि ओली सरकार संकटमा परिरहेका वेला राष्ट्रपतिले पुनः सर्वदलीय बैठक बोलाउनुभएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close