अर्घाखाँची अस्पतालमा स्थापना भएको ३२ वर्ष पछि आइसियु सेवा संचालनमा आउँदै

सागर महत /अर्घाखाँची ।
जिल्ला अस्पताल अर्घाखाँचीमा गम्भीर बिरामीको लागि सामान्य आइसियू सेवा पनि नभएको अस्पतालमा आइसियु सेवा विस्तारको लागि काम सुरु भएको छ ।यस अघि आइसियु सेवा नहुँदा गम्भीर प्रकार बिरामी लाई जिल्ला बाहिर लैजादा बाटोमा ज्यान पनि जाने गरेको थियो।३२ वर्ष अघि संचालनमा आएको अस्पतालमा आइसियू सेवा ९वार्ड को आईसीयू कक्ष ४३ लाखमा निर्माण कार्य सुरुभएको हो। यो सँगै यहाँ का नागरिकमा खुशी भएका छन। भने पहिलो पटक क्षयरोग (टीबी) पत्ता लगाउने जिन ईक्सपर्ट मेसिन जडान गरी परिक्षण सुरू, डेन्टल सेवा , थाइराइट मेसिन जडान,फिजियो थेरापी लगायतका सेवा ब्लड बैँक नभएको अस्पतालले नेपाली सेनाले आवश्यक परेको खण्डमा ब्लड उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि गर्भबति महिलाको अप्रेशन हुन थालेको अस्पतालका प्रमुख कपिल गौतमको भनाइ छ।

१५ शय्या बाट बिरामी लाइ सेवा दिदै आएको अस्पतालले अप्रेसन गर्नुपर्ने अवस्थाका र अन्य बिरामी गाडी रिर्जव गरेर बुटवल ,पाल्पा ,काठमाडौ जानुपर्ने बाध्यत लाइ अत्य गर्नको लागि अस्पताल बाट थप सेवा विस्तार सँगै भौतिक सेवा पनि विस्तार गदै गएको जिल्लामै गुणस्तरीय उपचार हुन्छ भन्ने विश्वास दिन आफूहरु निरन्तर पहल गरिरहेको बताउनुभयो।

May be an image of indoor and text that says 'YHLO'

अस्पतालले चमेनागृह स्थापना ,लाइट नहुदाँ विभिन्न सेवा अवरुद्व हुदै आएको अस्पताले जेनेटर जडान गरी सेवा दिदै आएको छ भने अस्पताल लाई १५ शय्या को अस्पताल लाइ ५० शय्याका बनाउने भनेपनि त्यो अझै पुराहुन सकेको छैन बिरामीले चाप भएको समयमा बेडको अभावमा भुइमै राखेर उपचार हुने गरेको छ।यसमा सम्बन्धीत निकायले समयमै ध्यान दिन जरुरी छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close