खनाल—नेपाल समूहको कार्यकर्ता भेलामा सहभागी नहुन ओलीको आग्रह

काठमाण्डौं ।नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले खनाल—नेपाल समूहले आयोजना गर्ने कार्यकर्ता भेलामा सहभागी नहुन नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।बालुवाटारमा आयोजित चियापान समारोहमा ओलीले भोलि र पर्सी आयोजना हुने राष्ट्रिय कार्यकर्ताको भेलामा सहभागी नहुन अनुरोध गर्नुभएको हो ।अब पार्टीमा सबैले अनुशासित र विचारमा केन्द्रित भएर काम गर्नुपर्ने अध्यक्ष ओलीले बताउनुभयो।

उहाँका अनुसार ‘अनुशासनहीन भयो भने पार्टीको विधान छ, देशको कानून छ, संसद नियमावली छ, दलसम्बन्धी कानून छ, यो सबैतिर ध्यानाकर्षण गराउँछु ।अर्के तर्फ गुटगत भेलामा नजान र एकताको पक्षमा लाग्न सम्पूर्ण नेता कार्यकर्तालाई सचेत गराउनुभएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close