निबन्ध प्रतियोगितामा गुल्मीको ब्रिलियण्ट मा.वि. प्रथम

घरेलु तथा साना उधोग कार्यालय गुल्मीको आयोजनामा भएको मावि स्तरीय निबन्ध प्रतियोगितामा गुल्मीको ब्रिलियण्ट मावि प्रथम भएको छ । विश्व उपभोक्ता अधिकार दिवश २०२१ को अवसरमा कार्यालयले “उपभोक्ता अधिकार र विधार्थीको भूमिका” विषयमा प्रतियोगिताको आयोजना गरेको थियो ।


कार्यक्रममा गुल्मी जिल्ला अन्तर्गतका ७ वटा माविबाट १३ प्रतिस्पर्धी सहभागी रहेको आयोजकले जनाएका छन् । कार्यक्रममा ब्रिलियण्ट माविका अर्विन केसी र रीचा रानी श्रेष्ठ प्रथम भएका थिए । उनीहरु दुवैजना ब्रिलियण्ट स्कुलका विधार्थी हुन् । कार्यक्रमको सहजिकरण विधालयका प्रधानाध्यापक सन्तोष थापा, विज्ञान शिक्षक गिरीराज भुसाल र नेपाली शिक्षक सन्देश अर्यालले गरेक थिए । कार्यक्रममा उधोग अधिकृत लक्ष्मण घिमिरेले विजेता विधार्थीलाई प्रमाणपत्र वितरण गरेका थिए ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close