आउँदो आइतबारसम्म चट्याङसहित पानी पर्ने

काठमाडौं ।पश्चिमी वायुको प्रभाव कायमै रहँदा आंशिक बदलीको अवस्था रहेको छ । योसँगै देशका केही भागको मौसममा बदली आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार आज देखि आइतबारसम्म देशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ ।

आज शुक्रबार देशभर आंशिकदेखि समान्य बदली हुनेछ भने थोरै पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान गरिएको छ ।विशेष गरि पहाडी क्षेत्रमा हावा हुरी, मेघ गर्जन र चट्याङसहित पानी पर्ने सम्भावना भएकोले सतर्क रहनसमेत महाशाखाले सचेत गराएको छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close