शान्ति माध्यमिक विद्यालयमा वडा कार्यालयको सहयोगमा स्टेसनरी सामाग्री वितरण

मालारानी ।अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ५मा रहेको शान्ति माध्यमिक विद्यालयका अध्ययनरत विद्यार्थीलाई स्टेसनरी सामान वितरण गरिएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा वालविकास कक्षा देखि कक्षा १० सम्ममा अध्ययनरत सम्पुर्ण विद्यार्थी एक कार्यक्रमका बिच स्टेस्नरी सामाग्री वितरण गरिएको हो ।वितरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष शोभाकर भुसालले विध्यार्थीहरुलाई पढाई प्रतिको रुची सँगै शैक्षिक गुणस्तर बृद्दि हुने उद्देश्यका साथयस्तै कार्यक्रममा विद्यालयका प्र.अ मान बहादुर पाण्डेले वडा कार्यालय बाट सामूदायिक विद्यालयको शैक्षिक स्तर सुधार र विद्यार्थीमा उत्प्रेरणा जगाउने काम गरेको भन्दै सरहाना व्यक्त गर्दै उक्त स्टेसनरी सामाग्रिहरु वितरण गरेकोमा वडा कार्यालयप्रती प्रअ पाण्डेले धन्यवाद दिनुभएको छ ।

कार्यक्रममा बिद्यालयका सहायक प्रध्यानाध्यापक माधब प्रसाद पन्थी र तारा प्रसाद भुसाल, वडा सदस्य डाल बहादुर चौहान, वडा सचिव दिलिप आचार्य र कम्प्यूटर इन्जिनीयरीङ धारका प्रमुख जीवन खनाल लगाएतले मन्तव्य राख्नु भएको थियो । त्यस्तै शिक्षकहरु अशोक पौडेल, धनिराम भुसाल, झबिन्द्र खड्का, प्राविधिक धार तर्फका प्रशिक्षक विकास कुँवर, सहायक प्रशिक्षक रेशम भुसाल लगाएतले स्टेसनरी वितरणमा सहजीकरण गर्नु भएको थियो ।कार्यक्रम विद्यालयका प्रअ मान बहादुर पाण्डेको अध्यक्षता, मालारानी गाउँपालिमा वडा नम्बर ५ का वडाध्यक्ष सोभाकर भुसालको प्रमूख आतिथ्यता र विद्यलायका कम्प्यूटर इन्जिनीयरीङ्ग तर्फका सहायक प्रशिक्षक जय बहादुर रोकायको सञ्चालनमा सम्पन्न भएको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close