दुर्गाप्रसाद ४० वर्ष पछि जेल मुक्त

काठमाडौं । ४० वर्षसम्म भारतीय जेलमा बस्नु भएका इलामका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी)आज थुनामुक्त हुनुभएको छ ।उहाँका दाजु प्रकाशचन्द्र तिम्सिनाले कोलकाताको दमदम केन्द्रीय कारागारमा सम्झौता पत्रमा हस्ताक्षर गरेपछि दुर्गाप्रसाद छुटनुभएको हो । इलामको माई नगरपालिका–१० लुम्बाकका तिम्सिना सन् १९८० मा दार्जिलिङबाट एक महिलाको हत्या अभियोगमा पक्राउ पर्नुभएको थियो । उहाँमाथिको आरोप प्रमाणित भने भएको छैन ।

दार्जिलिङ पुलिसमा हत्या अभियोगमा जाहेरी दर्ता भएको प्रमाण छ ।गत जनवरीमा पनि दीपकलाई त्यहीं देखेर सोधपुछ गर्दा उहाँ ४० वर्षदेखि सुनुवाइविना कारागारमा रहेको खुलेको थियो ।विभिन्न सञ्चारमाध्यममा ४० वर्षदेखि जेलमा रहेको खबर सार्वजनिक भयो र उहाँको पक्षमा माहोल बनेको थियो ।थुनामुक्त भएका दुर्गाप्रसाद आज बेलुका नै इलामस्थित घर फर्किने बताइएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close