भारतमा कोरोना संक्रमण बढ्दो क्रममा

भारतमा पछिल्लो केहि दिन यता कोरोना भाइरस संक्रमित र मृत्यु हुनेको संख्या फेरि बढेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घन्टामा भारतमा ३६ हजार सात सय २१ संक्रमित भएका छन् । डब्लुएचओका अनुसार एकै दिन १सय ७८ जनाको मृत्यु भएको छ । नयाँ थप भएको संख्या २०२१ कै सबभन्दा ठूलो हो ।

भारतमा अहिलेसम्म एक करोड १६ लाख ४६ हजार ८१ संक्रमित भएका छन् । संक्रमितमध्ये तीन लाख ३४ हजार ६४६ जना अहिले पनि गम्भीर अवस्थामा छन् । एक करोड ११ लाख ५१ हजार ४६८ जना संक्रमणमुक्त भएका छन् ।

यो एक सातामा भारतमा ६७ प्रतिशतले संक्रमित संख्या बढेको छ । भारतमा जनवरीबाट कोरोना भाइरसविरुद्धको खोप सुरु भएको थियो । यो तीन महिनाभित्र चार करोड ५० लाखभन्दा बढीले खोप लगाइसकेका छन् । नयाँदिल्लीमा २४ घन्टामा आठ सय २३ जनामा कोरोना भाइरस देखिएको थियो ।

नयाँदिल्लीमा कोरोना सुरु भएयता १० हजार ९५६ जनाको मृत्यु भइसकेको छ । यसैबीच, गुजरातमा स्वतन्त्र रूपमा होली खेल्न प्रतिबन्ध लगाइएको छ । होलीको अवसरमा एक–अर्काविरुद्ध रङ लगाउने र पानी छर्कने जस्तो कार्य नगर्न भनिएको छ । पन्जाबमा नाइट कफ्र्यु जारी भएको छ ।
एजेन्सी

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close