सन्धिखर्क आउदै गरेको जिप गोरूसिङगेमा दुर्घटना

अर्घाखाँची । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क आउँदै गरेको जिप कपिलवस्तुको गोरूसिङगे मा दुर्घटना भएको छ । बुटवलबाट सामान बोकेर आउँदै गरेको लु २ च ७०२५ नम्बरको गुडिरहेको जिप सडकमा अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएर दुर्घटना हुँदा २ जना घाईते भएका छन् ।घाईते हुनेमा जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर १२ का २६ वर्षिय जिप चालक बिपल श्रेष्ठ र रूपन्देही शुद्दोधन गाउँपालीका २ का २८ वर्षिय नागेश्वर थारू घाईते हुनुभएको छ।

प्रहरी कार्यालय गोरूसिंङगेका प्रहरी निरीक्षक कृष्ण रानामगर अनुसार घाईते दुबै जनालाई थप उपचारका लागि बुटवल पठाईएको छ ।जिप सडकमा अनियन्त्रित भई बिजुलीको पोलमा गएर ठोक्किएर दुर्घटना भएको बताइएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close