अर्घाखाँचीमा नेकपा एमालेको माधव पक्षको समानान्तर कमिटी गठन

अर्घाखाँची ।नेकपा एमाले जिल्ला कमिटि अर्घाखाँचीको १६ औँ विस्तारित बैठक को अवसरमा नेकपा एमालेको माधव नेपाल पक्षले समानान्तर कमिटि गठन गरेको छ ।जसमा नेकपा एमाले तत्कालीन जिल्ला सचिव रामबहादुर चौहान को अध्यक्षतामा ७० सदस्यीय समानान्तर जिल्ला कमिटी गठन गरिएको हो ।बैठकले कमिटिको पुर्नगठन गर्नुको साथै कार्य विभाजन समेत गरेको छ ।बैठकले चैत्र मसान्त भित्रमा अर्घाखाँचीका सबै स्थानीय तहमा कमिटिहरु पुर्नगठन समेत गर्ने निर्णय गरेको छ ।
बैठकमा एमाले प्रदेश कमिटि सदस्य पिताम्बर भुसाल पुर्व संविधान सभा सदस्य डा.दुमन थापा, नेकपा प्रदेश कमिटि सदस्य यमुना भुसाल, जिल्ला सचिवालय सदस्य सरोज भुसाल, युवासंघ नेपालका केन्द्रिय सचिव शुसिल भट्टराई लगायतको सहभागीता रहेको थियो।
यस्तै ओली पक्षका जिल्ला कमिटी अध्यक्ष चेतनारायण आचार्यले बिहीवार एक विज्ञप्ती निकाली गुटगत भेला गर्ने पक्षलाई कारबाही गर्ने चेतावनी दिएपनि त्यसको सामना गदै पहिलो पटक उक्त समुहको भेला सम्पन्न गरेको छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close