आज देशको पहाडी र हिमाली भेगमा होली पर्व मनाइँदै

काठमाण्डौ ।आज देशको पहाडी र हिमाली भेगमा धुमधामका साथ होली मनाइँदै छ भने भोली तराई क्षेत्रमा मनाइने छ , सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकाले प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा प्रह्लादलाई केही नभएको तर होलीका जलेर नष्ट भएको प्रसंग यस पर्वसँग जोडिएको छ ।होली पर्व असत्यमाथि सत्यको विजय भएको उपलक्ष्यमा मनाउने पर्व हो ।

असत्यको पक्षमा लागेकी होलिकाको दहन भएको स्मरणमा यो पर्व मनाउने गरिन्छ । होलिका हिरण्यकशिपु राक्षसकी बहिनी तथा विष्णु भक्त प्रह्लादकी फुपू हुन् । ब्रह्माबाट आगोले नजलाउने वरदान प्राप्त  थियो। विशेष गरि यस पर्वका अवसरमा आज साँझ काठमाडौंको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रंगीचंगी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुंंडिखेलमा लगी जलाई होलीको दहन गरिनेछ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close