पत्रकार महासंघ अर्घाखाँचीका नवनिर्वाचित पदाधीकारी लाई पद तथा गोपनियताको सपथ

अर्घाखाँची ।नेपाल पत्रकार महासंघ जिल्ला शाखा अर्घाखाँचीका नवनिर्वाचित कार्यसमितिले पद तथा गोपनियताको सपथ लिएका छन् ।बुधबार सम्पन्न निर्वाचन बाट नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखामा अशोक खनाल नेतृत्वको संयुक्त प्यानल विजयी भएको थियो । जसममा नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाल प्रगतिशिल पत्रकार संघ नेपाल ,प्रेश चौतारी ( माधब समुह)जन पत्रकार संघको पत्रकारहरूको संयुक्त प्यानल विजयी भएको हो ।
संयुक्त प्यानल बाट प्रेस संगठन नेपाल बाट अध्यक्षमा अशोक खनाल उपाध्यक्षमा प्रेस युनियनका उपाध्यक्ष वीरेन्द्र केसी ,राष्ट्रिय जनमोर्चा प्रगतिशिल पत्रकार बाट उपाध्यक्ष (महिला)भगवता पाण्डे यस्तै राष्ट्रिय जनमोर्चा निकट प्रगतिशिल पत्रकार बाट सचीव मा बिनोद गैर प्रेश चौतारी ( माधब समुह)सहसचिव हृदय भुसाल , अनिल नेपाली सहसचिव समावेशी ,प्रेस युनियनका कोषाध्यक्ष रुद्रमणी भुसल ,सदस्यहरुमा महिला सदस्य सरिता भुसाल, खुल्ला सदस्य लक्ष्मण घिमिरे, विष्णु खनाल ,गोपाल प्रसाद भट्टराई,दलित सदस्यमा सागर परियार,केन्द्रिय सदस्य सुर्य भुसाल,विष्णु भुसाल लगायत लाई प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल, निर्वाचन आयोगका प्रमुख केबी भुसाल,टेक बहादुर थापा पत्रकार महासंघका पुर्व अध्यक्ष हिम लेकाली जीसी, लगायतले पद तथा गोपनीयताको सपथ खुवाउनुभएको हो ।साथमा प्रमाण पत्र समेत हस्तान्तरण गरिएको कार्यक्रमको संचालन संस्थाका निवर्तमान सचिव सुर्य भुसालले गर्नुभएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close