मालारानीमा कांग्रेस प्रवेश गर्नेको संख्या बढ्दै

अर्घाखाँची ।अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ६ लोहोरीमा कांग्रेसको वडा कार्यालय उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु प्रसाद खनाल मुस्कानले अब मालारानी गाउँपालिका मा पनि कांग्रेसमा प्रवेश गर्नेको संख्या दिनप्रतिन बढ्दै गएको छ । त्यस लाई मध्ये नजर गदै कांग्रेसको वडा स्तरमा पनि पार्टीको कार्यालय स्थापना गरिएको बताउनुभएको छ ।कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १० जना नेपाली कांग्रेस मा प्रवेश गरेका गरेको बताईएको छ ।नवप्रवेशी नेता तथा कार्यकर्ता लाई सभापति मुस्कानले पाटी सदस्यता प्रदान गरेर स्वागत गर्नु भएको थियो।
कार्यक्रममा पूर्व सभापति तथा सन्धिखर्क नगरपालिका का नगर प्रमुख कमल प्रसाद भुसाल , उपसभापति शान्ता भण्डारी , जिल्ला सचिव विष्णु भुसाल , दलित संघ केन्द्रिय उपाध्यक्ष लोकेन्द्र वि क , जिल्ला सदस्यहरु कृष्ण प्रसाद खनाल, सीता भुसाल , विष्णु क्षेत्री , मालारानी गाउँपालिका का सभापति तथा मालारानी गाउँपालिका वडा नं ३ का अध्यक्ष शोभाखर खनाल , महिला संघ क्षेत्र नं १ अध्यक्ष शान्ता खनाल , नेपाल पत्रकार महासंघ अर्घाखाँचीका उपाध्यक्ष वीरेन्द्र केसी, नेपाली कांग्रेस जिल्ला वन विभाग सदस्य सन्जय खनाल लगाएतको उपस्थितिमा वार्ड कार्यालय उदघाट्न भएको थियो।
कार्यक्रम नेपाली कांग्रेस मालारानी गाउँपालिका वार्ड नं ६ सभापती मेहर सिंह राउत को अध्यक्षता दामोदर अधिकारी को स्वागत मन्तव्य र बल बहादुर राना को सञ्चालन मा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close