शान्ति माध्यमिक विद्यालयको ६० औं बार्षिक उत्सव कार्यक्रम सम्पन्न

मालारानी ।अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ५ बाँगी आरुखोरमा रहेको शान्ति माध्यमिक विद्यालयको ६० औं बार्षिक उत्सव कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य तथा सोहि विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द्र बहादुर खड्काले हरेक क्षेत्रको विकासको लागि शैक्षिक क्षेत्र महत्वपुर्ण पाठ भएको बताउनुभएको छ ।

May be an image of one or more people and outdoors
शैक्षिक सुधारका लागि जिल्ला मा महत्वपुर्ण काम भएको छ ।त्यसमा सहकार्य गर्नको लागि आफुहरु निरन्तर लागि परेको राष्ट्रिय सभा सदस्य खड्काले भनाई छ ।जिल्लाको शान्ति मावि पनि प्राविधिक धार कम्प्युटर ईन्जिनियरीङ् जस्ता कक्षा संचालन गरेर सदरमुकाम का विधार्थी गाउँमा लगेर पठनपाठन गराउन सफल भएको बताउनुभएको छ ।वार्षिक उत्सव कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मान बहादुर पाण्डेले आर्थिक वर्ष २०७७/७८ को बार्षिक शैक्षिक तथा आर्थिक प्रगति प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । पाण्डेले आगामी दिन हरुमा भावी योजना तथा रणनीति प्रस्तुत गर्दै विद्यालयलाई देशकै एक नमुना विद्यालयको रुपमा स्थापित गर्ने बताउनु भएको थियो ।

कार्यक्रममा शैक्षिक सत्र २०७६ मा कक्षागत रुपमा र विद्यालयबाट प्रथम, दृतीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार र प्रमाण पत्र वितरण गरिएको थियो । कार्यक्रम वडा अध्यक्ष शोभाकर भुसालको अध्यक्षता विद्यालयका शिक्षकहरु तारा प्रसाद भुसालको स्वागत मन्तव्य माधब प्रसाद पन्थीको सन्चालनमा सम्पन्न भएको हो ।

May be an image of 1 person, sitting, standing and outdoors

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close