संगीत गैरे र शिष्टता रेग्मीको आवाजमा “खल्लो बनाउने” बोलको गीत सार्वजनिक

अभिनव चौहान/काठमाडौं।

नेपाली गीत संगीतको बजारमा दैनिक रूपमा गीतहरु सार्वजनिक भैरहेका छन् ।कुनै गीतहरु चर्चाको हिसाबले राम्रै चर्चा कमाएका छन् कुनै गीतहरु यत्तिकै ओझेलमा पनि देख्न सकिन्छ।त्यसैगरी माया प्रेममा आधारित रहेको खल्लो बनाउने बोलको गीत संगीत गैरे र शिष्टता रेग्मीको आवाजमा आज सार्वजनिक भएको छ। यो गीत विशेष गरेर माया प्रेममा आधारित रहेको छ।जब कसैलाई मनै देखि मन पराईन्छ ।त्यसपछि सबै भन्दा राम्रो उसैलाई देखिन्छ।

आफुले मन पराएको आफ्नो मान्छे जति राम्रो र प्यारो अरु कोही लाग्दैन जस्तो खालको भाव यो गीतले बोलेको छ। संगीत गैरे र शिष्टता रेग्मीको आवाज त्यसैगरी आशिष दवङ्ग्ले लय तथा शब्द सिर्जना गरेको यस गीतमा यम प्रसाद निउरेले थेगो सिर्जना गरेका हुन्।सागर बिरहीको एरेन्ज सुरेश गौतमको छायांकन रोशन गाहा मगरको सम्पादन र गोविन्द विवश र झरना पुनको अभिनय देख्न सक्नुहुनेछ। एन्जल म्युजिकको आधिकारिक युटुब च्यानलबाट सार्वजनिक गरेको यस गीतको पूरा भिडियो हेर्नको लागि तलको लिन्क ओपन गर्नुहोला।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close