माओवादीले जितेका यी १३ स्थानमा उपनिर्वाचन हुदै

काठमाडौं ।रामबहादुर थापा ‘बादल’ लाई आइतबार राष्ट्रिय सभा सदस्यबाट पदमुक्त गरिएसँगै १३ जना सांसदको पदपूर्ति उपनिर्वाचनबाट गर्नुपर्ने भएको छ । यसअघि संघ र प्रदेश गरी १२ स्थानमा सांसद पद रिक्त भइसकेको छ ।

यसै क्रममा थापालाई राष्ट्रिय सभा सदस्यबाट पदमुक्त गरिएको हो । थापाको ठाउँमा ३५ दिनभित्रै उपनिर्वाचन गर्नुपर्ने कानुनी बाध्यता रहेको छ । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन–२०७५ अनुसार कुनै सदस्यको पदावधि ६ महिनाभन्दा बढी कायम रहेको अवस्थामा कुनै कारणले निजका पद रिक्त भएमा रिक्त भएको ३५ दिनभित्र उपनिर्वाचन गर्नुपर्ने उल्लेख छ ।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेकपा माओवादी केन्द्रको पत्रअनुसार आइतबार बादलका सांसद पद रिक्त गरेका थिए । सांसद पदसँगै बादलको गृहमन्त्री पद पनि स्वतः रिक्त भएको थियो । तर सरकारले उनलाई पुनः गृहमन्त्रीमा नियुक्ति गरेको छ । बादल नेकपा माओवादी केन्द्रबाट ०७४ को निर्वाचनमा बागमती प्रदेशबाट सदस्य निर्वाचित भएका थिए ।

त्यस्तै, रिक्त १२ स्थानमा उपनिर्वाचन गर्नुपर्ने अवस्था उत्पन्न भएको छ । ती स्थानमा यसअघि माओवादी केन्द्रले जितेको थियो । चार जना प्रतिनिधिसभा सदस्य र आठ जना प्रदेशसभाबाट जितेकाहरू माओवादी सांसदहरू एमालेतर्फ लागेपछि माओवादीले कारबाही गर्दा ती स्थान रिक्त बन्न पुगेको हो ।

नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close