रोजगारी गुमाएर ज्यान जोगाउन भारतबाट मातृभूमि फर्किए नेपाली, छैन क्वारेन्टिन र आइसोलेसन

कञ्चनपुरको बेलडाँडी गाँउपालिका– १ का दीपकराज जोशी भारतको दिल्लीको रोहिणीस्थित एक प्रतिष्ठित होटेलमा वेटरको काम गर्दै आएका थिए । गत वर्ष कोरोना कहर नसकिँदै भारत पसेका जोशी पुनः ६ महिनामै मातृभूमि फर्किएका छन् ।

भारतमा कोरोना कहर बढेसँगै उनी गत चैतमा घर आएका हुन् । गड्डाचौकी नाकामा उनको एन्टिजेन प्रविधिबाट परीक्षण गरियो । तर, कोरोना देखिएन । मासिक १५ हजार रुपैयाँ भारु कमाउँदै आएका जोशी स्वदेश फर्किएपछि बेरोजगार बनेका छन् ।कञ्चनपुरमा समेत समुदायमा कोरोना कहर बढेसँगै भारतमा रोजगारी गुमाएका नेपाली नागरिक कोरोनाकै सिकार हुने चिन्तामा छन् । ‘उता रोजगारी गरेर आफ्नो र घर–परिवारको खर्च चलाउँदै आएको थिएँ,’ ‘जोशीले भने, ‘भारतमा कोरोना कहरले रोजगारी गुमाए स्वदेश आएँ, यहाँ रोजगारी पाउने आसै छैन, अब कोरोना कहर र भोकले मरिने भयो ।’

भारतको महाराष्ट्र जहाँ कोरोना संक्रमण बढेको छ, त्यहाँबाट गत चैतमा स्वदेश आएका भीमदत्त नगरपालिका– १९ बागफाँटाका रमेश सुनार पनि मातृभूमि आएपछि बेरोजगार भएका छन् । उनी महाराष्ट्रको एक कम्पनीमा कार्यरत थिए ।

उता भारतमा २० हजार भारु रुपैयाँ मासिक कमाउँदै आएका उनले कोरोना कहरका कारण रोजगारी छाडेर मातृभूमि ९स्वदेश० फर्किएको बताए । ‘भारतबाट ज्यान जोगाउन नेपाल आएँ,’ ‘उनले भने, ‘नेपालमा पनि कोरोना कहर बढेको रहेछ । यसपटक समुदायमा संक्रमण फैलिएर बाँच्न कठिन भयो ।’

नयाँ पत्रिका

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close