अर्घाखाँचीमा थप २८ जनामा कोरोना पुष्टि

सागर महत/ अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा थप २८ जनामा कोरोना पुष्टि भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।यो सँगै जिल्लामा संक्रिय कोरोना संक्रमितको संखया ४९ पुगेको सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले जानकारी दिनुभयो ।यस्तै पछिल्लो २४ घण्टामा जिल्ला अस्पताल अर्घाखाँचीमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय अर्घाखाँचीका अनुसार मालारानी गाउँपालिका–७ का ६० वर्षिय पुरुष रामप्रसाद भुसालको मृत्यु भएको हो ।गत चैत २७ गते भारत बाट घरमा आएका वृद्ध ९ गते बुटवलको कोरोना अस्पतालमा पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।बुटवलमा बेड अभाव भएपछि घरमै आइसोलेशनमा बसेका वृद्धका स्वास्थ्यमा समस्या आएपछि मंगलबार उपचारको लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएको थियो ।अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सूचना अधिकारी विजय विक ले जानकारी

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close