बेपत्ता हुनुभएका जनमोर्चाका सांसदको रिपोर्ट नेगेटिभ र पोजेटिभ

काठमाण्डौं ।राष्ट्रिय जनमोर्चाका सांसद खिमबिक्रम शाहीको स्वास्थ्य रिपोर्ट फरक फरक आएको छ ।प्रदेश जनस्वास्थ्य प्रयोगशालाले मंगलबार सबै सांसदसँग गरिएको सरकारी परीक्षणमा उहाँको रिपोर्ट नेगेटिभ आएको थियो। परीक्षणको नेगेटिभ रिपोर्ट आज बिहान दिएको थियो। यस्तै आजै पोखरास्थित चरक अस्पतालको कोभिड वार्डमा भेटिएनु भएका उहाँको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको छ । निजी प्रयोगशाला लाइफ केयर डाइग्नोस्टिक एण्ड रिसर्च सेन्टरमा गरिएको परीक्षणमा उहाँमा कोरोना पोजेटिभ देखिएको हो । अस्पतालका अनुसार उहाँ विहानै अस्पताल भर्ना हुनुभएको थियो ।
एमालेका स्थायी कमिटी सदस्य पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकारले बहुमत गुमाउने पक्कापक्की भएपछि मंगलबार सत्तारुढ सांसदहरुले पीसीआर परीक्षणको माग गर्दै संसद बैठक अवरुद्ध गरेका थिए । त्यसपछि सांसदहरुलाई लाइन लगाएर पिसिआर जाँच गरियो र बुधबारको बैठकमा अविश्वास प्रस्तावमाथि छलफल सुरु भएको थियो ।तर, जनमोर्चाका सांसद खिमविक्रम शाही सम्पर्कविहीन हुनुभयो ।उहाँ सँगै दीपक मनाङ्गे पनि बैठकमा आउनुभएको थिएन ।गण्डकी प्रदेशमा जनमोर्चाले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा उभिने निर्णय गरेको थियो । यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गण्डकी प्रदेशका सांसद खिमबिक्रम शाहीको स्वास्थ्य अवस्थाबारे पार्टीले जानकारी लिने र सार्वजनिक गर्ने पनि बताउनुभएको छ ।
कमेन्ट गर्नुहोस !