रुपन्देहीमा ३० गते सम्मको लागि निषोधाज्ञा जारी

बुटवल । आज देखि लागु हुने गरि जिल्ला प्रशासन रुपन्देहीले भर निषोधाज्ञा जारी गरेको छ । आज बाट लगाएको निषोधाज्ञा बैशाख ३० गते विहान ६ बजेसम्मको अवधिका जारी गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।
अहिले रुपन्देहीमा कोरोना संक्रमण तीव्र रुपमा बढेको छ । सक्रिय संक्रमितको संख्या २ हजार २ सय १२ पुगेको छ । सक्रिय संक्रमितका कारण जिल्लाका सरकारी तथा निजी अस्पतालका आईसीयू, भेन्टिलेटर, जनरल र अक्सिजनसहित एचडी वार्डहरु भरिएका छन् ।निषेधाज्ञा अवधिमा अत्यावश्यक काम बाहेक घरबाहिर निस्कन पाइने छैन । यस्तै अतिआवश्यक सवारीसाधनलाई मात्र संचालन गर्न दिइनेछ । जसमा शान्ति सुरक्षा, स्वास्थ्य, खानेपानी, दूध, विद्युत, दमकल, संचार, भन्सार, क्वारेन्टाइन फोहरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधि तथा अत्यावश्यक वस्तु तथा मालसामान ओसारपसार गर्ने ढुवानीका साधनहरु छन् । त्यसै गरी अत्याआवश्यक बाहेकका पसल व्यवसाय बन्द गरिने भएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close