निषेधाज्ञाका बेला पनि बैंकका सबै शाखा खुला रहने

काठमाडौँ : काठमाडौँ उपत्यकाका तीन जिल्लामा आजदेखि लागु भएको निषेधाज्ञाका समयमा बैंक तथा वित्तीय संस्थाहरू खुला रहने भएका छन्। नेपाल बैंकर्स संघले निषेधाज्ञाको समयमा बैंकका सबै शाखाहरू खुला हुने जनाएको छ।संघले विज्ञप्तीमार्फत बैंक तथा वित्तीय संस्थाका सबै शाखा कार्यालयहरू नियमित सञ्चालन हुने जनाएको छ। सबै शाखा कार्यालय खुला भए पनि निषेधाज्ञाको अवधिमा ग्राहकहरूलाई अत्यावश्यक अवस्थामा बाहेक बैंक नआउन पनि आग्रह गरेको छ।

बैंकका सबै शाखामा ग्राहकको भिडभाड बढी हुने हुँदा भीड कम गर्नका लागि ग्राहकलाई अनुरोध गरिएको संघका अध्यक्ष भुवन दाहालले जानकारी दिए। उनले नगद (नोट) कारोबारभन्दा बढी अनलाइनमार्फत कारोबार गर्न आग्रह गरे।

संघले निषेधाज्ञाको समयमा बैंकका शाखा तथा एटीएम बुथहरू खुला रहने भन्दै इन्टरनेट मोबाइल बैंकिङ सेवा लिएका ग्राहकले आफ्नो पासवर्ड बिर्सिएमा वा अन्य कुनै प्राविधिक समस्या भएमा आफ्नो सम्बन्धित शाखामा फोन सम्पर्क गर्न समेत आग्रह गरेको छ।रासस

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close