लोकप्रिय गायक प्रकाश सपुतलाई कोरोना पुष्टि

काठमाडौं । लोकप्रिय गायक प्रकाश सपुतलाई कोरोना संक्रमण पुष्टि भएको छ । सपुतले आज सामाजिक सञ्जालमा आफूलाई कोरोना संक्रमण भएको जानकारी दिनुभयो ।उहाँको भनाई यस्तो छ। सामाजिक सञ्जालमा

अन्ततः काठमाण्डौ मेडिकल कलेज ( KMC) का अनुसार मेरो पिसिआर रिपोर्ट मा कोरोना पोजिटिभ देखिएको छ । सर्वप्रथम त यो बिचमा मेरो प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबै जनाले पिसिआर टेस्ट गर्नु होला । एकदमै धेरै शरिर दुख्ने/ गल्ने, छटपटि हुने, टाउको भारी हुने,घरीघरी श्वास बढ्ने र केहि हुन्छ कि जस्तो एन्जाईटि फिल भएपछि मैले पिसिआर टेस्ट गरेको थिए । म होम आईशुलेशनमा छु । अवस्था सामान्य छ । कोरोना जित्न सकिन्छ भन्ने आत्मबल त राखौ तर यसलाई सामान्य भने नठानौ । किनकि लक्षण सामान्य भएपनि यसले निकै हतोत्साहि बनाउने रहेछ । सतर्कता अपनाउ । सुरक्षित बसौ ! आसा राखौ यो माहामारी छिट्टै टरेर जानेछ । हामी जिवनको पुरानै लयमा फर्किने छौ । Stay safe ! 😷

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close