अर्घाखाँचीका कोरोना संक्रमित पुरुषको काठमाण्डौमा मृत्यु

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीका कोरोना संक्रमित पुरुषको काठमाण्डौमा मृत्यु भएको छ । जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर ८ च्युरामाटीका ५० वर्षिय राम प्रसाद गैरे को काठमाण्डौमा आईसियु बेड अभावका कारण मृत्यु भएको छ । रोजगारिएको शिलशिलामा भारत रहनुभएका गैरै वैशाखको पहिलो साता नेपाल आउनुभएको थियो।
स्वास्थ्यमा समस्या आएपछि पिसिआर परिक्षण गर्दा कोरोना पुष्टि भएपछि अर्घाखाँची अस्पतालमा उपचाररत गैरेलाई थप उपचारको लागि १४ गते काठमाण्डौ लगिएको भुमिकास्थान नगरपालिका वडा नम्बर ८ का स्वास्थ्य शाखा इन्चार्ज सुरज गैरेले जानकारी दिनुभयो ।यस्तै जिल्लामा कोरोना सक्रिय संक्रमितको संख्या १ सय ९ पुगेको छ ।
कमेन्ट गर्नुहोस !