श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि

काठमाडौं । आज बाट श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि भएको प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गर्नुभएको छ । प्रधानमन्त्री ओलीका अनुसार अब मासिक रुपमा काम गर्ने श्रमिकले मात्र नभएर दैनिक र घण्टामा काम गर्ने श्रमिकले समेत बढेको स्केल अनुसारको न्यूनतम पारिश्रमिक पाउने बताउनुभएको छ । विशेष गरि १ सय३२ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर सरकारले श्रमिकहरुको न्यूनतम पारिश्रमिक १५ हजार रुपैयाँ तोकिएको हो । यसअघि नेपाली श्रम बजारमा श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार ४ सय५० रुपैयाँ थियोे ।बढाइएको पारिश्रमिक आउँदो आर्थिक वर्ष २०७८/८९ देखि मात्र लागु हुने सरकारले जनाएको छ । त्यस्तै, हाल प्रतिघण्टा ६९ रुपैयाँमा काम गरिरहेकाले न्यूनतम ७७ रुपैयाँ पाउनेछन् ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close