घरेलु कार्यालय अर्घाखाँचीद्वारा साना उद्यमीलाई प्रविधि हस्तान्तरण (फोटो फिचर सहित)

सागर महत /अर्घाखाँची ।
घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीले जिल्लाका उद्यमीलाई ८०% अनुदानमा प्रविधि हस्तान्तरण गरेको छ । जिल्ला भर बाट छनोट भएका २५ जना साना उद्यमीलाई प्रविधि हस्तान्तरण गरिएको हो ।

जसअन्तर्गत कुटानी पिसानी मिल , तोरी पेल्ने मिल,साईजर मेसिन, कम्प्रेशर ट्याङ्की पावर ट्रिलर ,दाना मिस्ने मेसिन, फर्निचरमा प्रयोग हुने चाफ कटर , ,डिजिटल काँटा ईन्डस्ट्रि सिलाई मेसिन ,धान कुटने हलर मेसिन ,ओभरलक जुता सिलाउने मेसिन लगायतका सामाग्री अनुदानमा वितरण गरिएको घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीका प्रमुख केशव सुनारले बताउनुभयो।

 

२०% मात्र उद्यमीको लगानी रहेको प्रविधि उद्यमीले ५ वर्ष सम्म बेचबिखन गर्न तथा कसैलाई भाडामा लगाउन नपाइने सम्झौता समेत गरिएको बताईएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close