मुख्यमन्त्री पोखरेलले लिए शपथ

आर्थिक तथा योजना मन्त्रीमा बैजनाथ चौधरी र  स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा हरि रिजालले पनि आइतबारै शपथ लिएका छन् ।

लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले  विपक्षी दलहरूको धर्नाका बाबजुद शंकर पोखरेललाई मुख्यमन्त्रीको शपथ खुवाएका छन् । आइतबार साँझ कडा सुरक्षाबीच मुख्यमन्त्रीकाे कार्यालय पुगेर यादवले पोखरेललाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।

दिउँसोदेखि विपक्षी दलका सांसदहरु आफूसँग बहुमत रहेको दावी गर्दै प्रदेश प्रमुखको निवासमा धर्ना दिइरहे पनि यादवले पोखरेललाई मुख्यमन्त्रीको शपथ खुवाएका हुन् । साथै आर्थिक तथा योजना मन्त्रीमा बैजनाथ चौधरी र  स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा हरि रिजालले पनि आइतबारै शपथ लिएका छन् ।यसअघि आइतबार बिहान एकल बहुमतको सरकार बनाउने ध्येयका साथ पोखरेलले पदबाट राजीनामा दिएका थिए ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close