भारतमा एकैदिन ३७ सय भन्दा बढी कोरोना संक्रमितको मृत्यु

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणको बाट ३ हजार ७ सय८० जनाको मृत्यु भएको छ ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार यो संख्या एकैदिन कोरोना संक्रमणको कारण सबैभन्दा धेरैको मृत्युको तथ्यांक हो । उक्त अवधिमा भारतमा थप ३ लाख ८२ हजारभन्दा बढी कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या दुई करोड ६ लाख ६५ हजार नाघेको छ भने कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या पनि २ लाख २६ हजार १८८ पुगेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close