अर्घाखाँचीमा थप ३३ जनामा कोरोना संक्रमण

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा थप ३३ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये सन्धिखर्क नगरपालिकामा २० जना,भुमिकास्थान नगरपालिका ८ जना,मालारानी गाउँपालिका १ जना,पाणिनी गाउँपालिका २ जना, छत्रदेव गाउँपालिका २ जना गरि ३३ जनामा कोरोना पुष्टि भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।यस्तै पछिल्लो २४ घण्टामा ८ जनाले कोरोना जितेर डिस्चार्ज भए सँगै हाल जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ८० पुगेको सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले जानकारी दिनुभयो ।यस्तै पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालिकामा ४१ वर्षिय पुरुषको संक्रमणका कारण मृत्य भएको छ। उहाँको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । बैशाख २२ गते कोरोना रिपोर्ट पोजेटिभ आएको बताईएको छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close