ओली नेतृत्व बाट टाडिदै खनाल–नेपाल पक्ष

काठमाडौँ — एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँगको संवादले मार्गदर्शन तर्फ नगएको भन्दै एमालेको झलनाथ खनाल–माधव नेपाल समूहका सांसद राजीनामा दिने निष्कर्षमा पुग्नुभएको छ ।हिजो बसेको बैठकले सामूहिक राजीनामाको निष्कर्ष निकालेको बताईएको छ । पार्टीलाई निरन्तर एकताबद्ध राख्न गरिएको अन्तिम प्रयासमा ओली पक्ष उदासीन भएपछि राजीनामा दिनुको विकल्प नभेटिएको नेता माधवकुमार नेपालको भनाई छ ।
यता एमाले उपाध्यक्ष युवराज ज्ञवालीले भने, ‘हामी आज बैठक बस्दै छौं, भर्चुअल माध्यमबाट भए पनि बस्छौं र कसरी अगाडि बढ्ने भनेर छलफल गर्छौं ।’

प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका निम्ति भोलि संसद्को अधिवेशन बोलाइएको छ । त्यस अगाडि नै ओली २८ फागुन यताको निर्णय रद्ध गर्न तयार नभए नेपाल समूहका सांसदहरुले राजीनामा गर्ने तयारी भएको छ ।

 

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close