अर्घाखाँचीमा २जना कोरोना संक्रमितको मृत्यु

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला अस्पताल सन्धिखर्कमा उपचाररत २ जना कोरोना संक्रमितको गएराती मृत्यु भएको अस्पतालका प्रमुख डा. कपिल गौतमले जानकारी दिनुभयो ।
मृत्यु हुनेमा सन्धिखर्क नगरपालिका वडा नम्बर ६ फुदवाङ निवासी ४० वर्षिय युवक र शितगंगा नगरपालिका वडा नम्बर ७ निवासी २३ वर्षिया युवतीरहेको जनाईएको छ ।सन्धिखर्क निवासी युवाको राती पौने १ बजे मृत्यु भएको हो भने शितगंगा निवासी युवतिको बिहान ४ बजे मृत्यु भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close