जिल्ला अस्पताल अर्घाखाँचीमा १० बेडको एचडियु सञ्चालन

सागर महत /अर्घाखाँची। अर्घाखाँची जिल्ला अस्पतालमा आजबाट दश बेडको एचडियु सञ्चालनमा आएको छ ।जसमा कोरोना संक्रमित बिरामीको उपचारका लागि सेन्टल अक्सिजन सप्लाईसहित १० बेडको एचडियु सञ्चालनमा ल्याइएको अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले बताउनुभयो ।जिल्ला अस्पतालमा कोरोना संक्रमित ४० जना बिरामी भर्ना गरी उपचार गरेकोमा १९ जना निको भई डिस्चार्ज भएको अस्पतालले जनाएको छ भने १४ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ४ सय ३० पुगेको छ ।कोरोनाको द्रोस्रो लहर सुरु भएयता १४ जनाको संक्रमणबाट मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close