अर्घाखाँचीमा ३३ जनाले कोरोना जिते

अर्घाखाँची ।अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा थप ३ जना मृत्यु भएको छ । जसमध्ये मालारानी गाउँपालिका वडा नम्बर ४ का ४२ वर्षिय पुरुष र सन्धिखर्क नगरपालिका वडा नम्बर ७ खाँचीकोटका ५२ वर्षिय पुरुष को कोरोना संक्रमण बाट मृत्यु भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ ।यता
सन्धिखर्क नगरपालिका वडा नम्बर १ कि २८ वर्षिय महिलाको उपचारको क्रममा जिल्ला अस्पताल अर्घाखाँचीमा मृत्यु भएको  स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय बरालले जानकारी दिनुभयो ।

जिल्लामा पछिल्लो २४ घण्टामा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।जसमध्ये सन्धिखर्क नगरपालिकामा ३८ जना,भुमिकास्थान नगरपालिकामा १० जना,शितगंगा नगरपालिकामा ५ जना,मालारानी गाउँपालिकामा ६ जना,पाणिनी गाउँपालिकामा २ जना र छत्रदेव गाउँपालिकामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा ३३ जनाले कोरोना लाई जितेर डिस्चार्ज भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।अब जिल्लामा सक्रिय कोरोना संक्रिमत ५ सय १३ जना उपचारत रहेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close