इजरालयको ‘सिटीअफमा संकटकाल घोषणा

एजेन्सी । इजरायलको सिटीअफ लडमा संकटकाल लागू गरिएको छ।इजरायली र प्यालेस्टाइनी सुरक्षाकर्मीबिच मुठभेड भइरहँदा लडमा इजरायली अरबीहरुले प्रदर्शन चर्काएपछि संकटकाल लगाइएको हो ।लडका अधिकारीहरुका अनुसार प्रहरीसँगको मुठभेडमा १२ जना घाइते भएका छन्। यस्तै, सवारीसाधन र धरै घरहरुमा क्षति पुगेको छ ।इजरायलले जेरुसलमा रहेको मस्जिदमा प्यालेस्टाइनीहरुलाई दमन गरेपछि दुईदेशबिच फेरि तनाव बढेको हो ।प्यालेस्टाइनले इजरायलमा रकेट आक्रमण गरेपछि इजरायलले पनि जवाफमा हवाई आक्रमण गरिरहेको छ । इजरालयले गाजा क्षेत्रमा गरेको हवाई आक्रमणबाट ठूला घरहरु भत्किएका छन् ।इजरायली सेनाले आफूहरुले गाजा क्षेत्रमा लडाकूहरुलाई ’टार्गेट’ बनाएर आक्रमण गरेको जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close