अर्घाखाँचीमा जेठ १० गतेसम्मका लागि निषेधाज्ञा थप

सागर महत/ अर्घाखाँची ।
अर्घाखाँचीमा जेठ १० गतेसम्मका लागि निषेधाज्ञा बढाउने निर्णय भएको छ । आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना रोकथामको लागि बैशाख २० गतदेखि जारी भएको निषेधाज्ञालाई समय थप गरि जेठ १० सम्म थप गरिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
बैठकले आदेशको उल्लंघन गर्ने, अवरोध गर्ने, कालोबजारी गर्ने, अत्यावश्यक वस्तुमा जथाभावी मुल्यवृद्धी गर्ने, कृत्रिम अभाव सृजना गर्नेलाई संक्रामक रोग ऐन २०२० अनुसार कारवाही गरिने प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जानकारी दिनुभयो ।
यो अवधिमा अत्यावश्यक उपभोग्य खाद्यवस्तु बेच्ने पसल, दूध , तरकारी, फलफूल, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ, तथा निर्माण सामाग्रीका पसलहरु विहान ६ देखि ९ बजेसम्म संचालन हुनेछन भने बैंक तथा वित्तिय संस्था न्युनतम कर्मचारी बाट खुल्ने बताईएको छ । यस्तै निषेधाज्ञामा खाद्यान्न, तरकारी, फलफुल, दुध, पानी, औषधि बोक्ने मालवाहक गाडी र एम्बुलेन्सबाहेक का सबै सवारी साधन बन्द हुने छन ।यस्तै अस्पताल, औषधि पसल २४ सौं घण्टा खुला रहनेछन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close