कोरोना संक्रमित संख्यामा केही कमि १९ जनामा संक्रमण

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।जसमध्ये सन्धिखर्क नगरपालिकामा ९ जना,भुमिकास्थान नगरपालिकामा ७ जना,शितगंगा नगरपालिकामा १ जना,मालारानी गाउँपालिकामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।योसँगै जिल्लामा कुल कोरोना संक्रमित संख्या १६ सय२० पुगेको छ भने हाल सम्म कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या ८ सय ९८ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

अब जिल्लाका ६ वटा स्थानीय तहमा ६ सय ८२ जना सक्रिय कोरोना संक्रमित रहेका छन ।यस्तै पछिल्ले २४ घण्टामा जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर ९का ३१ वर्षिय पुरुषको कोरोना संक्रमण बाट मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो ।हाल सम्म जिल्लामा कोरोना बाट मृत्यु हुने संख्या ४० पुगेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close