अर्घाखाँचीमा थप ६१ जनामा कोरोना संक्रमण पुष्टि,४२ जना डिस्चार्ज

सागर महत/ अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा थप ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।जसमध्ये सन्धिखर्क नगरपालिकामा १७ जना,भुमिकास्थान नगरपालिकामा ८जना,शितगंगा नगरपालिकामा २ जना,मालारानी गाउँपालिकामा १७ जना,पाणिनी गाउँपालिकामा १ जना र छत्रदेव गाउँपालिकामा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।योसँगै जिल्ला मा कुल कोरोना संक्रमित संख्या १६ सय ५८ पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा ४३ जनाले कोरोना जितेर डिस्चार्ज भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
जसमध्ये सन्धिखर्क नगरपालिकामा २५ जना, भुमिकास्थान नगरपालिकामा १३ जना,मालारानी गाउँपालिकामा २ जना, पाणिनी गाउँपालिकामा २ जना र छत्रदेव गाउँपालिकामा १ जनाले कोरोना जितेर डिस्चार्ज भए सँगै हाल सम्म कोरोना जितेर डिस्चार्ज हुनेको संख्या ९ सय ४१ पुगेको छ। अब जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ७ सय १९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा मालारानी गाउँपालिका वडा नम्बर ४ कि ५५ वर्षिय महिला र सोहि गाउँपालिका वडा नम्बर ३ का ४२ वर्षका पुरुषको उपचारको क्रममा मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जाकारी दिनुभयो । कोरोना बाट हाल सम्म मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close