नेपालमा थप ८ हजार ६ सय ७ जनामा कोरोना संक्रमण पुष्टि,१ सय ७७ को मृत्यु

काठमाण्डौं ।नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ६ सय ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । २२ हजार तीन सय ५३ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार ४ सय ७ जना र ८ सय ७३ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय गरी ८ हजार ६ सय ७ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ४ लाख ९७ हजार ५२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ७ हजार ८ सय ९० जना निको भएसँगै कोरोना निको भएर डिस्चार्ज हुनेको सङ्ख्या ३लाख ७४ हजार ८सय ३६ पुगेको छ । अहिले नेपालमा १लाख १६ हजार १ सय ९२ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमण बाट मृत्यु हुने थपिएका १सय ७७ जनासहित मृत्यु हुनेको सङ्ख्या ६ हजार २४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close