अर्घाखाँचीमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि ,संक्रमित हुनेको संख्यामा कमी

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा कोरोना संक्रमण हुनेको संख्यामा केहि कमि आएको छ । पछिल्लो २४ घण्टमा १३ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ ।जसमध्ये सन्धिखर्क नगरपालिकाम २ जना,भुमिकास्थान नगरपालिकामा ६ जना,शितगंगा नगरपालिकामा १ जना, मालारानी गाउँपालिकामा १ जना, र पाणिनी गाउँपालिकामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यो सँगै जिल्लामा कुल कोरोना संक्रमित संख्या १८ सय १२ पुगेको छ भने हाल सम्म कोरोना निको भएर ९ सय ७९ जना डिस्चार्ज भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

अब जिल्लामा सक्रिय कोरोना संक्रमित संख्या ७ सय८७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टमा जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर ४ का ५५ वर्षिय कोरोना संक्रमित पुरुष लाई उपचार गर्न काठमाण्डौ लैजादै गर्दा बाटो मा मृत्यु भएको बताइएको छ ।हाल सम्म कोरोना बाट जिल्लामा मृत्यु हुनेको संख्या ४६ पुगेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जनकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close