अर्घाखाँचीमा कोरोना संक्रमित संख्यामा कमि १६ जनामा संक्रमण पुष्टि

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये सन्धिखर्क नगरपालिकामा ४ जना,शितगंगा नगरपालिकामा १० जना र मालारानी गाउँपालिकामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै जिल्लामा कुल कोरोना संक्रमित संख्या २ हजार १३ पुगेको छ भने हाल सम्म कोरोना जितेर डिस्चार्ज हुनेको संख्या १२ सय ३७ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।अब जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ७सय २३ पुगेको छ । यस्तै पछिल्ले २४ घण्टामा कोरोना संक्रमण बाट जिल्ला मा कसैको मृत्यु भएको छैन ।हाल सम्म भने कोरोना संक्रमण बाट जिल्ला भरमा ५३ जनाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close